सुर्खेतकी ३५ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टी


सुर्खेत । सुर्खेतकी एक ३५ वर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको छ । वीरेन्द्रनगर नगरपालिका वार्डनं ११मा डेरा गरी बस्ने ती महिला आफनो डेरामा गत मंगलवार मृत अवस्थामा फेला परेकी थिइन ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतकको बुधवार स्वाब परीक्षण गरिएको र सो परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । मृतक महिला भेरी गंगा नगरपालिका वार्ड नं १ की स्थायी बासिन्दा हुन ।

कोरोना संक्रमण पुष्टीपछि उनको शव स्थानीय प्रशासनको समन्वयमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यो संगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युहुने संख्या ७ पुगेको छ । यसअघि दैलेखका ३, सुर्खेत २ र डोल्पाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।कर्णालीपत्रबाट