काेराेना संक्रमणकाे कारण प्रदेश अस्पताल सुर्खेतका डाक्टर हरि सापकोटाकाे निधन


सुर्खेत । काेराेना संक्रमण भएका कर्णाली प्रदेश अस्पतालका अर्थोपेडिक सर्जन प्रोफेसर डाक्टर हरि सापकोटाकाे निधन भएकाे छ । सापकाेटालाइ गएकाे असाेज ८ गते काेराेना संक्रमण पुष्टि भएको थियाे। उनी उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उपचारका क्रममा डाक्टर सापकाेटाकाे अस्पतालमै बिहिबार निधन भएकाे हाे ।

५९ वर्षीय सापकोटा आईसीयूमा उपचाररत हुँदा उनको केही बेर अघि मात्रै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।