कर्णालीका प्रदेश प्रमुख कोरोना संक्रमित


१५ असोज, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुखको नीजि सचिवालयलय एक विज्ञप्ती जारी गर्दै कलौनीलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड–१९  पुष्टि भएपछी कन्ट्याक्ट ट्रेसिङ अनुरुप प्रदेश प्रमुखको पीसीआर परीक्षण गर्दा उहाँलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । कलौनीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी हाल होम आइसोलेसमा रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।