कोरोनाबाट निधन भएका डा. सापकोटालाई कर्णाली प्रदेश सरकारले सम्मान गर्ने


कोरोनाबाट ज्यान गुमाएका कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटालाई कर्णाली प्रदेश सरकारले उच्च मूल्याङ्कन गर्दै सम्मानका लागि रिफारिस गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड विपद् व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा पुर्‍ याएको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा चिकित्सकीय सेवा पुर्‍याएको योगदान र कोरोना प्रकोप रोकथाम र नियन्त्रण प्रतिकार्य पुर्‍याएको योगदान गर्दै सम्मान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सापकोटा ३१ भदौमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि डा. सापकोटाको उपचार क्रममा बिहीबार भेरी अस्पताल नेपालगंजमा निधन भएको हो । शिलापत्रबाट