ऐनविपरित विद्यालयका शिक्षक-कर्मचारी राजनीतिक दलमा आवद्ध


सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक कर्मचारिले ऐनविपरित राजनीतिक दलमा आवद्ध भएको पाइएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं ५ बस्तेकोटस्थित जनता माध्यामिक विद्यालयका प्रशासन सहायक पदमा कार्यरत जयबहादुर कार्किले शिक्षा ऐनविपरित नेपाली कांग्रेस पार्टिको कार्यकारिणी पदमा रहेको खुलेको हो ।
कार्कि नेपालि कांग्रेस नगरपालिका कार्यसमिति सचवि रहेको नगर कमिटि सभापति जगतबहादुर शाहीले बताए ।

शिक्षा ऐनअनुसार विद्यालयका शिक्षक कर्मचारी कुनै्र पनि राजनीतिक दलको कार्यकारिणी पदमा रहन पाइदैन । कार्कि उक्त विद्यालयमा २ वर्षदेखि कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक जनकबहादुर कार्किले जानकारी दिए । ‘उहाँले २ वर्ष पहिलेदेखि काम गर्न थाल्नुभएको हो । पार्टिको कामचलाउ समितिमा रहेपनि उहाँले विद्यालयको काममा कुनै हानि पुर्याउनुभएको छैन ।’ प्रधानाध्यापक कार्किले भने, ‘विद्यालयको काम खुरुखुरु गरेपछि साँझबिहान कर्मचारिले के गर्छन् भन्ने कुराको कुनै वास्ता हुँदैन । उहाँ पार्टिको काममा हिँड्नुहुन्न ।’

के छ शिक्षा ऐनमा व्यवस्था ?


नेपालको संघिय शिक्षा ऐनमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले राजनीतिक दलको संघ, प्रदेश, स्थानिय तहस्तरको कुनैपनि कार्यकारिणी पदमा बस्न पाउँदैनन् ।

शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को ५ पदीय दायित्व पूरा नगरेमा, विना सूचना लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा, विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा, सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा र शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा अवस्थामा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उल्लेख छ ।

जसको स्पष्टिकरणमा “कार्यकारिणी समिति” भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तहस्तरका कार्यकारिणी समिति सम्झनुपर्ने उल्लेख छ ।