सुर्खेतमा ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


सुर्खेतमा ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । न्युमोनिया र मस्तिष्कघातको बिरामी भेरीगंगा नगरपालिका- ६ का ७२ वर्षीया महिलाको शनिबार दिउँसो निधन भएको हो ।

न्युमोनिया र मस्तिष्कघातको बिरामी भएपछि शुक्रबार प्रदेश अस्पतालमा भर्ना गरिएको र सघन कक्षमा उपचार गरिएको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

सघन कक्षमा उपचाररत महिलाको शनिबार बिहान ९ बजे स्वाब संकलन गरिएको दिउँसो १ बजे महिलाको मृत्यु भएको बेलुका ६ बजे मात्र कोरोना परीक्षणको रिर्पोट पोजिटिभ आएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नेपाली शव व्यवस्थापन गर्ने तयारी भएको कँडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या नौ पुगेको छ ।