दैलेखमा कोरोना संक्रमित ४९ वर्षीय पुरुषको मृत्यु


दैलेखमा कोरोना संक्रमित ४९ वर्षीय पुरुषको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका- ८ तर्ताङ्गका ४९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति नेपालगञ्ज मेडिकल कलेजमा मृत्य भएको हो ।

घरको काम गरिरहेको बेला अचानक पेट दुखेर शनिबार बिहान जिल्ला अस्पताल पुगे पनि उपचार हुन नसकेपछि उनी प्रदेश अस्पताल सुर्खेत आएका थिए ।  उनकाे आन्द्रामा प्वाल देखिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘नेपालगञ्जमा उपचारकाे क्रममा उहाँकाे मृत्यु भएको छ’, उनले भने, ‘दैलेख जिल्ला अस्पतालमा गरिएको स्वाब परीक्षणकाे रिपाेर्ट पोजिटिभ देखिएको थियो ।’

योसँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।