नुवाकोटकी सोमिकाले एकैपटक जन्माइन् ५ शिशु


काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्।

अस्पताल स्रोतका अनुसार जन्मिएका पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भएको थियो ।

सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएकी हुन् ।

४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

उनको शल्यक्रिया गरी मृतसहित ५ शिशु निकालिएको थियो । साथै अहिलेसम्म आमा र ४ शिशुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पताल स्रोतले जनाएको छ ।