भारतमा कोरोना संक्रमित ६६ लाख ५० हजार नाघेः विश्वमा संक्रमित संख्या ३ करोड ५५ लाख


भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६६ लाख ५० हजार नाघेको छ। सोमबारसम्म भारतमा कोरोनाबाट मृत्यु ुहनेको संख्या भने १ लाख ३ हजार ५ रहेको छ । यस्तै हालसम्म भारतमा कोरोनाबाट ५६ लाख बढी निको समेत भएका छन् ।

यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५५ लाख नाघेको छ । सोमबार रातिसम्म संक्रमितको संख्या ३ करोड ५५ लाख २० हजार हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा देखाइएको छ ।

यस्तै हालसम्म १० लाख ४३ हजार ४ सय बढीको मृत्यु हुँदा निको हुनेको संख्या २ करोड ६७ लाख १८ हजार नाघेको छ ।