मासु-रक्सीको भरमा पार्टी परित्याग गराइन्छ, प्रवेश गराइन्छ !


विजय तिवारी

भाषण सुनाउनकै लागी दक्षिणपन्थी बनाइन्छ, बामपंथी बनाइन्छ
मासु-रक्सीको भरमा पाटि परित्याग गराइन्छ, प्रवेश गराइन्छ

दिनदिनै चोकमा गुन्जिन्छन् यि आवाज हरु जिन्दावाद मुर्दाबाद
थाकिसके सुन्दासुन्दा कानहरु अबत बिधिको शासन चाहिन्छ

भाषणहरुमा त धेरै सुनिए देश राणाले लुटेको, राजले लुटेको
लोकतन्त्रका राजाले कति लुटे हरहिसाब चाहिन्छ, भरपाइ चाहिन्छ

सुनियो सबै जनताकै लागि खर्च गरियो रकम, जति जहाँ गरियो
बताउ विकासमा कति, पकेटमा कति जवाफ चाहिन्छ, पारदर्शिता चाहिन्छ

ए युवा उठ न अब त आफ्नी आमालाई बचाउनको लागि
हामीलाई आफ्नो लिपुलेक कालापानी चाहिन्छ टनकपुर अल्मोडा चाहिछ

जाउँ ज्यानको बाजि राखि युद्व गरि सिमानामा देश बचाउन
बदलामा आफ्नि आमा पाहिन्छ पुर्खाको जिउँदो ईतिहास पाईन्छ

विश्वले विरता देखाई युद्धमा बलिदान गर्नेको लागि के गर्छ कुन्नि
हाम्रोमा २ शब्दमा श्रद्धानजलि पाइन्छ, १ मिनेट मौनधारण पाइन्छ