जागौँ युवा, जागौँ नेपाली ! (कविता)


धिरेन्द्र सापकोटा, वीरेन्द्रनगर १ सुर्खेत ।
ढुङ्गे युग बाट शुरूवात भएको मानव सभ्यता,
विज्ञान र प्रविधि को , प्रतिस्पर्धात्मक युगमा छ।
यलम्बर बाट शुरू भएको नेतृत्व के.पि. सम्म आइपुगेको छ
, यहाँ सम्म आउदा ;
हामी टेक्नोलोजी ले त विकसित भयौं तर, सोच ले पिछडिएका छौं ।
जुन देशमा नारीलाई पुजिन्छ!
जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ।
त्यहि देशमा बलात्कार जस्तो जघन्य अपराधलाई;
कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा,
हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ।
कञ्चनपुर कि १३ वर्षकी बालिका ,
कैलाली कि ११ वर्षकी बालिका , बझाङ कि १२ वर्षकी बालिका ,
यस्तै दैनिक सरदर छजनाभन्दा बढीको बलात्कार भएको, उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। आखिर कहिले सम्म यस्तो ?
अत्याचार गर्ने यो सरकारको सायद काम छैन अब!
बलियो र मजभुत कानुन कार्यनयन को आवस्यकता छ।
हामि मानव भएर मानवता बिर्सेका छौं ,
अब त्यसो गर्नु हुन्न ! कलियुग का राक्षस हरूको अन्त्य गरेर, सत्ययुग ल्याउने जिम्मेवारी , हाम्रो नै हो। त्यसैले जागौ युवा , जागौ नेपाली !