देशभर कोरोना संक्रमित संख्या एक लाख नाघ्यो


काठमाडौं । शुक्रबार देशभर २ हजार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या एक लाख ६७६ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएका हुन् । यसैगरी ७३ हजार २३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६८० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि १ हजार ४०९ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरि जम्मा १ हजार ४०९ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ६०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।