प्रधानाध्यापककाे जागिर छोडेर किवि खेतिमा


सुर्खेत । नेपालमा बेरोजगार युवाहरुको संख्या धेरै छ । अंझै रोजगारीको लागि कति युवाहरु त विदेशिएका पनि छन् । अर्थात नेपालमै जागिर पाउन निकै मुस्किल छ । तर दैलेखको भैरवी गाउँपालिकाका एक युवक भने जागिरबाट राजिनामा दिएर कृषिमा लागेका छन् ।

दैलेख पश्चिमको भैरवी गाउँपालिका वडा नं ७ मान्मका राजेश कंडेल करिब ४ वर्षको शिक्षण पेसाबाट राजिनामा दिएर गाउँमै किबि खेतिको सुरुवात गरेका हुन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित एक बोर्डिङ स्कुलमा प्रधानाध्यापकसमेत भइसकेका कंडेल अहिले आफ्नै गाउँमा व्यवसायिक कृषितर्फ लागिरहेका छन् ।

कंडेलले करिब १ वर्षअघि आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने सोचका साथ शिक्षण पेसा स्थगित गरेको बताए ।

कृषि वालिविज्ञान अध्ययन गरेका कंडेलले आफुले सिकेको कुरा व्यावाहारमा लागु गर्न पाउँदा निकै उत्साहित भएको बताउँछन् ।

‘पढाइको शिलसिलामा काठमाण्डौको किर्तिपुर पुगेको थिएँ । त्यहाँकोे ३ महिनाको बसाइबाट अग्रजहरुबाट कृषि पेसामा लाग्न प्रेणा मिलेको थियो ।’ उनले भने, ‘ २०७६ सालदेखि ग्रामिण एग्रो फरेस्ट्री नामको फर्म खोली किवि खेतिमा हुमिएँ ।’

कंडेलले अहिले करिब २ सय रोपनी क्षेत्रफलमा किवि तथा अन्य फलफुलको व्यबसायिक खेती गरिरहेका छन् । करिब ३ लाख रुपैयाँको लगानीबाट सुरु गरेको ब्यबासय अहिले छोटो समयमै निकै प्रभाबकारी देखिएको उनले दावी गरे । हाल उनको गाउँको आफ्नै बारीमा रहेको नर्सरिमा, किवि ओखर लगायतका फलफुलका बिरुवाहरु रहेका छन् ।