गाउँमा स्टेचर आएन, विरामी बोक्न काठका डण्डी र कम्मलकै भर


विगत देखि बिकट मानिदै आएको कालिकोट अहिले पनि बिकट नै छ । न त सडक संजालले छोएको छ ,नत बिरामी बोक्ने स्टेचर नै छन् । जिल्लाको महाबै गाउँपालिकामा बिरामी बोक्ने डोकोहरु दिएको स्थानिय सरकारले अहिले सम्म स्टेचर दिन सकेको छैन । बिरामीहरु झन झन पिडामा छन् र अकालमा ज्यान गुमाउन बाद्द छन् ।
यो पनि कालिकोटकै कथा ब्यथा हो जिल्लाको नहरिनाथ गाउँपालिका – ४ रुप्सामा बिरामी बोक्ने स्टेचर नहुँदा गर्भवती महिलालाई काठका दुईबटा डन्डीमा झुन्डाएर स्वास्थ्य चौकी लिदै गरेको पाईयो ।
स्टेचर नहुँदा काठमा झुन्डाएर शिरक,कम्मलको सहायताले काठमा बेरेर सोही गाउँपालिका –५ रुप्सा की २३ वर्षिय मंगला सहकारी लाई स्वास्थ्य चौकीमा बच्चा जन्माउन लैजाँदै गरेकोे फोटो सार्वजनिक भएपछी सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । गर्भवती मंगलाको पीडा देखेर होला सायद काठका दुई डण्डीहरुमा रहेकी मंगला स्वास्थ्य चौकी नपुग्दै बाटोमै छोरी जन्माईन् ।
यस विषयमा स्वास्थ्य चौकि इन्चार्ज मनोज वोगटी संग बुझ्दा ,स्थानिय सरकार आएदेखी वडामा स्टेचर नआएको बताए । स्थानिय सरकार नआउदा अगाढीनै वडामा चार वटा विरामी वोक्ने स्टेचर थिए । अहिले ति सटेचर महिला स्वास्थ्य संवमसेविकाको जिम्मा दिईएको थियो । केही स्टेचर भाँचिसकेका छन् ।
बिरामी ओसारपसारका लागि भरपर्दो साधन बनेको स्टेचरको करिव चार वर्ष देखि महाबै गाउँपालिकाका वडाहरु र नरहरिनाथ गाउँपालिकामा अभाव भएको हो । जसका कारण गर्भवती, सुत्केरी र अन्य बिरामीलाई स्वास्थ चौकी सम्म पुग्न कठिनाई हुने गरेको इन्चार्ज वोगटीले बताए ।
गाउँ गाउँमा सडक पुगेर पनि भत्किसकेमा छन् । ती सडकमा पुन नया बजेट बिनियोजन गरियको छ । तर पनि सडकको काम राम्रो हुन भने सकेको छैनन् । जहाँ सडक छैन त्यहि स्थानीय तहले एम्बुलेन्स,गाडी,मोटरसाईकल खरिद गरेका छन् । बिरामीको लागि स्टेचर सम्म नहुने तर जनप्रतिनिधिका लागि गाडीहरु छन् । गाडीहरु पनि सम्बन्धित तहमा गुडेका देखिदैनन् । बिरामी बोक्ने समेत स्टेचर नहुनु लाजमर्दो विषय भएको स्थानिय गणेश विस्टले बताएका छन् । उनले भने, स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा गाउँपालिकाले लाप्रवाहि गर्न नहुँने हो ।
स्वास्थ संस्थामा राम्रो उपचार सम्म हुदैन परिणाम स्वरुप सामान्य बिरामीलाई पनि उपचारका लागि जिल्ला अस्पताल पुर्याउनै पर्ने बाध्यता छ।
निजी मेडिकलमा सामान्य बिरामीको मात्र उपचार हुन्छ। जटिल बिरामीलाई भने मेडिकलले जिल्ला अस्पतालमा रिफर गर्ने गरेका छन्। कर्णालीका सबै जिल्लामा सदरमुकाममा रहेका जिल्ला अस्पतालसम्म पुग्नै कठिन छ। यसले पनि बिरामीले समयमै उपचार पाउन सकेका छैन । हस्त चौलागाई, साैर्य अनलाइन