मध्यरातसम्मको वार्ता सफल भएन, केसीको अनसन जारी


सहमतिको प्रयासस्वरुप सरकार र डा गोविन्द केसी पक्षबीच भएको वार्ता विफल भएको छ । शुक्रबार अबेरसम्म सिंहदरबारमा भएको वार्तामा सहमति हुन नसकेको हो । वार्ता विफल भएपछि केसीको २६ दिनदेखिको अनसन थप लम्बिने देखिएको छ ।

केसी पक्षले सरकार माग पूरा गर्न गम्भीर नबनेको आरोप लगाएको छ ।

‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार माग पूरा गराउन अग्रसर भएन,’ डा केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले भने । उनले अब वार्ता फेरि कहिले हुन्छ भन्ने टुंगो नभएको बताए ।