नेतृत्वले समस्याको समधान हैन आरोप लगाउँछ्न, आक्षेप लगाउँछ्न ! (गजल)

कार्यान्वयनबिहिन फितला ति नियम कागजमै बनाउछ्न, कागजमै हराउछ्न ।
नेतृत्वले समस्याको समधानहैन सधैं आरोप लगाउछ्न, आक्षेप लगाउछ्न ।
फेरि नयाँ चुनाव आउछ हरेक ५ बर्षमा चहलपहल छाउँछन गाउँ सहर चुनावमा
नेता जान्छ्न जनता भेटनभनि गाउँ-गाउँमा शभा बोलाउँछन, सेमिनार बोलाउँछन ।
दिनभरि साहुको काम गरि२छाक नपुग्नेकोअवस्था भोग्नु परेपो थाहाहुने थियो गरिबका पिडा
सरकारि सम्पत्तिले काटछन राँगा ,खसि ,कुखुरा कार्यकर्ता मगाउछन,रक्सी मगाउछन।
बिचरा भोट दिएर जिताउने सिधा जनता बिकास र परिवर्तनको के राखुन धेरै आशा
एकचोटि चुनावमा आउने माननिय सम्मानमा फुलमाला लगाउँछन, खादा ओढाउँछन।
परिवर्तनको लागि ज्यान धराप राखि सिमानामा लडने ति बिर योद्वाहरु के पाउँछन र ?
तिनले छुट्टै बदलामा जो देशकै लागि भनि आफ्नो रगत बगाउछन, पसिना बगाउँछन ।
आखिर देशमा दक्षता अनुसारको रोजगार नपाएरै कारण खाडि गएका ति ठुल्ल दाईले
के पाउछन र सम्मान विदेशमा बाध्यताले आफ्नो सिप लगाउँछन, जाँगर लगाउछन।
चिनदैन्न भेटहुँदा बाटोमा आफुलाई नेता मानि चुनाव जितउने जनतालाई जो
भोटमाग्दा जनताकै हकहितमा कामगर्ने गफ लगाउँछन, नजिकको सम्बन्ध लगाउछन ।
कति गरिब ति बाआमा मरे जोअकालमै रोगलाग्दा समयमै आधारभुत उपचार नपाएर
आत्मशान्तिकै नाममा छोरा साहुको ऋणमै भएपनि पुजा लगाउँछन भोज लगाउँछन।
