मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको प्रस्ताव भोलि नै पारित गरिने


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध परेको अविश्वासको प्रस्ताव सकभर भोलि नै पारित गर्ने तयारी गरिएको छ । यसबारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पाटी (नेकपा) संसदीय दलको बैठक भोलि मंगलबार दिउँसो १ बजे बोलाईएको छ । प्रस्ताव माथि छलफल गरि साझ नै निर्णयार्थ मतदानमा लैजाने प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुले बताएका छन् ।
कर्णाली प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमवारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनवहादुर शाहीले लोकतान्त्रिक व्यवस्थामा ३३ मध्ये १८ ले अविश्वास गर्नु भनेको वहुमत गुमाउनु भएको प्रतिकृया दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका ३३ मध्ये वहुमत १८ सांसदहरुले संसदीय दलको नेता परिवर्तन गर्न अविश्वासको प्रस्ताव हिजो दर्ता गराएका थिए ।
प्रमुख प्रतिपक्ष दलका नेता शाहीले भने, ‘अझै मन्त्रीहरु र सचेतक समेतले हस्ताक्षर गर्न वाँकी छ भन्ने सुनेको छु,’ उनले भने । आफु अहिले हुम्लामा रहेको र संसद वैठक आव्हान भए सुर्खेत आउने वताए ।
तर नेकपा भन्ने पाटी वहुमत र अल्पमतवाट चल्ने नभई केन्द्रवाट चल्ने भएकोले परिणाम के हुन्छ, आफुले यसै भन्न नसक्ने उनले प्रतिकृया दिए ।
‘नेकपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो भने मुख्यमन्त्रीले दलमा विश्वास गुमाईसक्नु भएको छ,’ नेता शाहीले मुख्यमन्त्री विरुद्ध संसदीय दलमा पेश भएको अविश्वास प्रस्ताव माथि प्रतिकृया दिदै भने ।
यस्तै, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने मध्येका एक रहेका धर्मराज रेग्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही अल्पमतमा परिसकेका वताएका छन् ।
‘दलका ३३ मध्ये १८ जनाले उहाँको विरुद्धमा हस्ताक्षर गरिसकेकोले नैतिक रुपमा उहाँ दलको नेता रहनु भएन,’ सांसद रेग्मीले भने,’ अझै उहाँको विरुद्धमा हस्ताक्षर गर्ने थप सांसदहरूको संख्या देखिएकोले उहाँमा नैतिक प्रश्न अहम वनेको छ र दलको नेता पद अहिले निलम्बनको अवस्थामा छ ।’
यसै सम्वन्धमा प्रतिक्रिया दिदै नेकपा संसदीय दलको नेता परिवर्तन सम्वन्धी प्रस्ताव दर्ता भैसकेकोले मुख्यमन्त्री विरुद्धको प्रस्ताव भोली नै पारित हुने प्रदेश सभा सदस्य अम्मरवहादुर थापाले वताए । उनले भने, ‘उहाँले जनताको अपेक्षा वमोजिम काम गर्न सक्नु भएन, त्यसैले हामीले यो कदम उठाएका हौ ।’
मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न भोली ( मंगलबार ) दिउँसो १ वजे नेकपा कर्णाली प्रदेश संसदीय दलको वैठक वोलाईएको उक्त दलका प्रमुख सचेतक गुलावजंग शाहले बताए । ‘अविश्वास प्रस्ताव माथि छलफल गरि यसलाई छिट्टै टुंगोमा पु-याईनेछ,’ उनले भने । खबर दृष्टि