कर्णाली प्रदेशमा माधव नेपाल समूहका तीनजना मन्त्री बन्‍ने, कुर्मराज शाही सचेतक


काठमाडौं । तीन मन्त्री र एक सचेतक पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट पछि हट्न माधव नेपाल समूह राजी भएको छ।

स्रोतका अनुसार कालीकोटका कुर्मराज शाहीलाई सचेतक दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल समूह राजी भएको छ। त्यस्तै मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मन्त्री बनाउन मुख्यमन्त्री शाही तयार भएका छन्।

 

नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।