‘कर्णाली हाम्राे घुम्न्या ठाउँ, सबैलाई अब चिनाऔं’ (भिडियाे)


सुर्खेत । ‘कर्णाली राम्राे घुम्न्या ठाउँ, सबैलाइ अब चिनाऔं’ गीतमा भनेजस्तै कर्णालीलाइ चिनाउन आवश्यक देखिएका छ । प्राकृतिक साैन्दर्यताले भरीपूर्ण कर्णालीलार्इ चिनाउन हरि कंडेलले ‘कर्णाली घुम्न्या ठाउँ’ लोक देउडा बजारमा ल्याएका छन् ।

उक्त म्युजिक भिडियाेमा रारा ताल, पचाल झरना, बुलबुले ताल लगायतका कर्णालीका पर्यटकीय क्षेत्रहरुलाई परिचित गराउने शब्दहरु रहेका छन् ।

कलाकार सुकदेव अधिकारी र टीका पुनको स्वर रहेको यस म्यूनिक भिडियोमा भएका गीतको शब्ल कृष्णराज धमलाका हुन् भने लय विवश कुमार सेजुवालको रहेको छ ।

यसैगरि मारुनी डिजिटलका केश बडुले एरेन्ज गरेको उक्त म्यूजिक भिडियोको उत्पादक तथा वितरकमा गुरुआमा फिल्मस प्रा.लि. रहेको छ ।

भिडियोको निर्देशन तथा कोरोयोग्राफी स्मृति तिमिल्सिनाको रहेको छ भने छाँयाङ्कन सुरेश श्रेष्ठको रहेको छ ।

प्रकाश धमलाले सम्पादन गरेको भिडियोमाा ड्रोन सन्तोष महराले गरेका छन् । सरिता मगरको श्रृङ्गार रहेको भिडियोमा नविन सिंह ठकुरी, रविना अधिकारी र हरि कंडेल लगायतले अभिनय गरेका छन् । दुल्लुखबरबाट