आज देशभर थपिए २ हजार ६३८ जना संक्रमित, निको हुने २ हजार १७४


काठमाडौं । बुधबार देशभर २ हजार ६३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ । पछिल्लो पटक बुधबार २ हजार ६३८ जना संक्रमित थपिएका हुन् । यसैगरी ८० हजार ९५४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १७४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि १४०३ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरि जम्मा १४०३ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ६७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो ।