वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिँदै


सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको उपभोत्ता हित संरक्षण समितिद्धारा उत्पादक विक्रेता तथा वजार व्यवस्थापकबिच सचेतना कार्यक्रम गरिएको छ ।

वजारलाइ अनुगमनको जिम्मा नगरपालकिाको हरेको बताउँदै नगरपालकिाका मेयर देवकुमार सुवेदीले अनुगमनाका क्रममा मापदण्ड पुरा नगरी व्यवसाय संचालन गरेको पाइएमा कानुनबमोजिम कारवाही गरिने बताए ।

साथै मेयर सुवेदीले सबै व्यवसायीलाइ मापदण्ड पालना गर्नसमेत आग्रह गरे । उपभोत्ताले गुणस्तरिय बस्तु उपभोग गर्नपाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले बजार अनुगमनलाइ ध्यान दिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् ।

नगरपालिकाका बरिस्ठ अधिकृत प्रकाश पौडेलले नगरपालिकाले चाडपर्वलाई मध्यनजर गरि सुर्खेत उधोग बाणिज्य संघको सहकार्यमा बजार अनुगमनलाई तिब्रता दिनुका साथै मापदण्डअनुसार बिक्रि बितरण नगरी कालोबजारी गर्ने र म्याद गएका सामाग्री बिक्रि बितरण गरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने बताए ।