कर्णालीमा थपिए ७५ जना कोरोना संक्रमित



सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

बिहिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा गरिएको पीसीआर परिक्षणमा थप ७५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाले जनाएको छ ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका सबैभन्दा धेरै ३७ जना, दैलेखका २३ जना, कालकिोटका ५, जुम्लाका ३ जना, रूकुमपश्चिम, सल्यान, जाजरकाेट र डाेल्पाका १/१ जना तथा अन्य प्रदेशका ३ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्देशले जनाएकाे छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ५० जना रहेकाे छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या ३५५५ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य ११ जनाको मृत्यु भएको छ ।