मुख्यमन्त्रीले हटाएका प्रमुख सचेतक गुलाबजंग शाहलाई यथावत राख्न प्रधानमन्त्रीको निर्देशन


सुर्खेत । नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलावजंग शाहलाई यथावत राख्न प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई निर्देशन दिएको खुलेको छ । मुख्यमन्त्री काठमाडौं हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकमा शाहलाई यथावत राख्न निर्देशन दिएको खुलेको हो ।

पत्रमा भनिएको छ, ‘अनुशासित तबरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनु भएका शाह माथि गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत् जिम्मेवारी स्थापित गर्न निर्देशन गर्दछु ।’

अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई हटाएका थिए । शाहको जिम्मेवारीमा सचेतक सीता नेपालीलाई मुख्यमन्त्रीले प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

 

Image may contain: text

नेपालीरैबारबाट साभार