दशैँ लगतै नेपाल पक्षका तीन सांसदलाइ मन्त्री बनाउने सहमति


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ ।

कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल गरेको हो ।

ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन ।

ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो । दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताइन् ।

पालीले आह्वान गरेको बैठकमा १८ जना सांसद सहभागी छन् । तर बाहलवाला दुई जना मन्त्री भने बैठकमा सहभागी भएका छैनन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा  र उपसभामुख पुष्पा विष्ट बैठकमा उपस्थिति जनाएनन् ।

अविश्वासका प्रस्ताव दर्ता गराउने केपी निकट सांसदहरु भने बैठकमा सहभागी छैनन् । यस्तै, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद धर्मराज रेग्मी, ठम्मर विष्ट र सुशील थापा पनि बैठकमा गएका छैनन् ।

श्रोतका अनुसार दशैंलगत्तै मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । ज्वाला पक्षका तीन जना मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री शाहीले दशैंको रमझाम भएका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दशैं लगत्तै मन्त्री परिषद पुर्नगठन गर्ने लिखित सम्झौता गरेको श्रोतले बताएको छ । नेपालीरैबारबाट