मेयर सुवेदीद्धारा मानवसेवा आश्रमबाट नगरबासीहरुमा दशैंको शुभकामना


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले मानवसेवा आश्रमबाट विजया दशमीको शुभकामना दिएका छन् । आइतवार सुर्खेतस्थित मानवसेवा आश्रममा मेयर सुवेदीले हिन्दुहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आश्रितहरुलाइ फलफुल वितरण एवं आश्रम संचालनमा सहजता ल्याउनका लागि व्यक्तिगत रुपमा नगद् दश हजार रुपैयाँ समेत प्रदान गरेका हुन ।

हरेक वर्ष चाडपर्वको समयमा मेयर सुवेदीले नगरस्थित परोपकारी संस्थामा सहयोग गरी शुभकामना दिँदै आएका छन् । गतवर्ष उनले अभिभावकविहिन वालवालिकाहरुलाई सुर्खेतस्थित ‘मामा घर’ मा पुगी कपडा सहयोग गरेका थिए ।

मेयर सुवेदीले आश्रमबाटै सम्पुर्ण नगरबासीहरुमा हिन्दुहरुमो महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।