दशैंको शुभकामना दिदैं मुख्यमन्त्री शाहीले गरे परिवारमै सिमित रही दशैं मनाउँन आग्रह


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसपालीको दशैं परिवारमै सिमित रही मनाउन प्रदेशबासीलाइ आग्रह गरेका छन् । सोमबार हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा एक शुभकामना जारी गर्दै मुख्यमन्त्री शाहीले अहिलेको कोरोना जोखिमलाइ मध्यनजर गर्दै यसवर्षका चाडपर्व स्वास्थ्य सजगताका साथमनाउन आग्रह गरेका हुन ।

मुख्यमन्त्री शाहीले , बडा दशैं लगायतका चाडपर्वहरुले सबै राजनीतिक दल, संघसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, सञ्चारकर्मीलगायत आम कर्णालीवासीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न कर्णाली प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को सोच साकार पार्ने प्रेरणा पैदा गरोस भनि शुभकामना व्यक्त गरेका छन् ।