कोरोना संक्रमणबाट रुपन्देही र पाल्पाका थप दुई जनाको मृत्यु


कोरोना भाइरसको संक्रमणबाट रुपन्देही र पाल्पामा थप एक–एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिला रहेका छन् ।

उनीहरुको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि ४ असोजमा लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारका लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । शिलापत्रबाट