कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८०४ जना थपिएका छन् ।