बल्लतल्ल बिजुली आएको थियो, तर अज्ञात समूहले तोडफोड गरिदिए


हुम्ला । खार्पुनाथ गाउँपालिका–३ को राया गाउँमा तीन दिनअघि कात्तिक १४ गते उद्घाटन गरिएको विद्युत् अज्ञात समूहले तोडफोड गरेका छन्।

राया खोला जलविद्युत्को पावर हाउसको झ्याल, विद्युत् सप्लायर्सका तारलगायतका सामग्री अज्ञात समूहले आइतबार राति तोडफोड गरेको छ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा क्षेत्र विकास कोषबाट एक करोड रुपैयाँ लगानीमा निर्माण कार्य सम्पन्न भएर उद्घाटन कार्य गरी गाउँमा बत्ती बलेको थियो। तर अज्ञात समूहले तोडफोड गरेका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए।