१८ वटा विद्यालयमा सेनेटरी प्याड बितरण


सुर्खेत । सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका १६ वटा विद्यालयहरूमा सेनेटरी प्याड वितरण गरिएकाे छ । नगरपािलकाकाे शिक्षा शाखा काे अायाेजना मा स्थानीस्तरका १८ वटा सामुदायिक बिद्यालयमा रहेका छात्राहरुका लागि सेनेटरी प्याड बितरण गरिएको हाे ।

बिद्यालय का छात्राहरुलाइ महिनावारी हुदा बिद्यालय बाट घरमा पुग्नुपर्ने बाध्यता लाई अन्त्य गर्न प्याड बितरण गरिएको नगरशिक्षा प्रमुख तुलसी केशि ले बताउनुभएको छ । बिद्यालय मा छात्राहरु अाकस्मिक महिनावारी हुदा याे कार्यक्रम ले फाइदा पुग्ने केशी ले बताउनुभयो ।

पञ्चपुरी नगरपालिका अन्तरगतका अाधारभुत र माध्यमिक तहका सामुदायिक बिद्यालय का लागि प्याड बितरण गरिएको हाे । प्रत्येक चाैमासिक मा बितरण गरिने सेनेटरी प्याड बिहिवार मात्रै २२ हजार प्याकेट बितरण गरिएको छ । सामग्री बितरण कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मीले बितरण गरिएको सामाग्री बिद्यालय मा अध्ययन गर्ने छात्राहरूको लागि भएको हुदा अरुकाे लागि दुरुपयोग नगर्न अाग्रह गर्नुभएको छ ।

नेपाल सरकारकाे प्रत्येक बिद्यालय का किशाेरी हरुलाइ सेनेटरी प्याड बितरण गर्ने कार्यक्रम अनुसार पञ्चपुरीमा पनि सुरुवात गरिएको हाे ।