‘विकास निर्माणसंगै नीति निर्माणमा प्राथामिकता’


 


विश्वव्यापी महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमणको त्राससंगै सरकारले २०७६ चैत ११ गतेदेखि देश नै लकडाउन गर्याे । संक्रमणको दर बढ्दै गएसंगै उक्त लकडाउन करिब चार महिनासम्म रह्यो । लकडाउन अवधिमा लगभग सबै ठप्प रहे । अत्यावश्यक सेवाबाहेक हरेक षेत्र ठप्प रहेको अवस्थामा स्थानिय तहका जनप्तिनिधि तथा कर्मचारीहरुले फ्रन्टलाइनमा रहेर कोरोना नियन्त्रण तथा प्रतिकार्यमाकाम गरे । जामेखिम मोलेर काम गर्दा कतिपय आफै संक्रमितसममेत हुन पुगे । कोरोनाका कारण स्थानीय तहमा धेरै संख्यामा वैदेशि रोजगारीका लागि गएका नागरिकहरु फर्किए । उनिहरुलाइ कसरी स्वरोजगार बनाउने भन्ने स्थानिय तहको जिम्मेवारी हो । अँझ कोरोनाका कारण स्थानिय तहको विकासनिर्माण, शिक्षा आदिमा समेत असर पर्याे । धेरै स्थानिय तहमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध तित्ततापुर्ण भएकोले नागरिकलाइ सेवाप्रवाहामा सास्ती हुने र विकासनिर्माण संगै नीति निर्माणसमेत प्रभावित भएको देखिन्छ ।

यसै सन्दर्भमा सुर्खेतको पञ्चपुरी नगरपालिकामा जनप्तिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ ? कोरोना प्रतिकार्यमा फ्रन्टलाइनमा रहेर काम गर्दाको अनुभव कस्तो रह्यो ? विदेशबाट फर्किएका नागरिकलाइ नगरपालिकाले कसरी व्यवस्थापन गर्दैछ । पालिकामा नीतिनिर्माणको अवस्था कस्तो छ ? कोरोनाले थलिएको विकास कसरी संचालन हुँदैछ ? लगायतका विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनबहादुर बुढासंग गरिएको कुराकानीको संपादित अंश ।

 

  • कोरोना प्रतिकार्यका लागि फ्रन्टलाइनमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

कोरोना भाइरसको त्राससंगै चैत्र ११ गतेदेखि सरकारले देश नै लकडाउन गरेपनि हामिले फ्रन्टलाइनमै रहेर काम गर्याैं । स्वास्थ्य सजगता अपनाएर वडादेखि नगरपालिका र नगरको स्वास्थ्य शाखाका कर्मचारी लगायतले स्थानीय तहमा कोरोना प्रतिकार्यमा काम गर्याैं । नागरिकलाइ सेवाप्रवाह र नागरिकको सुरक्षाको लागि काम गर्याैं । नागरिकहरुलाई विपद्को समयमा पनि सेवा गर्न पाउँदा हामिहरु राष्ट्रसेवक भएकोमा गर्भ पनि गर्याैं ।

  • नगरपालिकामा कोरोनाको असर कस्तो पर्याे ?

सुर्खेतको पञ्चपुरी नगरपालिकामा कोरोना भाइरसको त्रासका कारण गरिएको लकडाउनका कारण आन्तरिक स्रोत उठ्न पाएन । जसले गर्दा कर्मचारीहरुको चालु खर्च र तलबसमेत रोकिएको छ । प्रदेश र केन्द्र सरकारबाट आउने राजश्व बाँडफाँडको रकम समेत कम मात्रामा आएको थियो ।

  • कोरोनाले थलिएको विकासनिर्माण कसरी संचालन हुँदैछ ?

कोरोना महामारीका कारण पञ्चपुरी नगरपालिकामा अघिल्लो आर्थिक वषृको वजेट खर्च र विकासनिर्माणमा धेरै नै असर पर्याे । ढुंगा, गिट्टी बालुवा उत्खनन हुन पाएन । भवन, सडक र अन्य योजना संचालन हुन पाएनन् । अन्य कार्यक्रमहरु पनि अधिकांश योजनाहरु यस आर्थिक वर्षलाइ सारेका छौं ।

यो वर्ष सम्झौता र स्टमेटको काम भइरहेको छ । सरकारको मापदण्ड पालना गरेर नगरपालिकामा विकासनिर्माणका कार्यक्रमहरु भइरहेका छन् ।

  • महामारीका कारण नगरपालिकामा वैदेशि रोजगारीमा गएका कति नागरिक भित्रिए ? उनिहरुको स्वरोजगारका लागि बजेट कति छ ?

पञ्चपुरी नगरपालिकामा गएको चैतयता कोरोना महामारीका कारण करिब ५ हजार नागरिक भारत तथा अन्य मुलुकबाट भित्रिने अनुमान हामिले गरेका थियौं । तर करिब २ हजार ५ सय नागरिक वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर फर्किनुभएको छ ।

उहाँहरुका स्वरोजगारका लागि प्रदेश सरकार, केन्द्र सरकार र स्थानिय सरकारसमेतको बजेट छ । मुख्यमन्त्री रोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत छन् । करिब १ करोडभदा बढि रकमको वजेट वैदेशिक रोजगारी गुमाएर नगरपालिकामा फर्किएका युवाहरुका लागि रहेको छ ।

  • नगरपालिकामा शैक्षिक संस्थाहरु सुचारु भएका छन् ?

हामिले नगरपालिकामा शैक्षिक संस्था संचालन गर्ने भनेर यसै आर्थिकवर्षबाट गर्ने भनेका थियौं । सबै शिक्षकहरुको कोरोना परिक्षणगर्दा उहाँहरुमा कोरोना पोजेटिभ देखिएकोले हामि त्यो योजनाबाट ब्याक भयौं । अहिले सबै शैक्षिक संस्थाहरु ठप्प छन् । कोरोनाले यहाँ सबैभन्दा प्रभाव शैक्षिक क्षेत्रलाई पारेको छ । हाम्रो पालिकामा अनलाइन कक्षका लागि पनि त्यति सम्भव छैन । किनकी यहाँ सबै नागरिकमा इन्टरनेटको सहज पहुँच छैन ।

  • स्थानीय तहमा कर्मचारीहरुको नेतृत्व गरिहँदाका अनुभव कस्तो छ ?

स्थानीय तहका कर्मचारीहरुको लिड गरिरहँदा मलाइ निकै खुसी लागेको छ । आफ्नो जिम्मेवारी र कर्तब्य पुरा गर्न पाउँदा गर्भ लाग्छ । सबै कर्मचारीहरुले पनि सहयोग गर्नुभएको छ । उहाँहरुको कार्यसम्पादनका कारणले पनि मलाइ निकै उर्जा मिलेको छ । सबैमाझ चिनिने अवसर पनि पाइन्छ ।

  • धेरै स्थानिय तहमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध तित्ततापुर्ण भएकोले नागरिकलाइ सेवाप्रवाहामा सास्ती हुने र विकासनिर्माण संगै नीति निर्माणसमेत प्भावित भएको देखिन्छ । पञ्चपुरी नगरपालिकामा जनप्तिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ ?

मान्छेको स्वभाको कुरा हुने रहेछ । जनप्रतिनिधि र कर्मचारी दुवै आफैमा पुर्ण रुपमा जान्ने हुँदैनन् । दुवैले एकआपसमा कुरा राख्ने र बुझाउने गर्न सक्नुपर्छ । मिलेर काम गर्न सक्नुपर्छ । अन्यथा जनप्रतिनिधि र कर्मचारीको आपसी स्वार्थ हुने, एकअर्कालाई नटेर्ने जस्ता प्रवृतिले विवाद भएको हुनसक्छ । पञ्चपुरी नगरपालिकामा भने कर्मचारी र जनप्रतिनिधिबिच मैत्रीपुर्ण सम्बन्ध छ ।

अन्त्यमा केही कुरा ?

मैले पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी भर्खरै प्राप्त गरेको छु । स्थानिय तहले गर्नुपर्ने मुख्य काम विकासनिर्माण संगै स्थायि परिवेशअनुकुलको नीतिनिर्माण हो । जसलाइ हामिले पनि जोड दिनुपर्छ भन्ने मेरो मान्यता छ । सोहीअनुसार, ऐन, नियम तथा कार्यविधि निर्माणमा ध्यान राखेको छ । त्यसैगरी नागरिकलाइ नगरको सेवा प्रवाहमा सास्ती नहोस भनेर नगरपालिकामा हेल्प डेस्क स्थापना गर्दैछौं । नागरिकलाई सेवा प्रवाह कसरी चुस्त गराउन सकिन्छ भन्नेमा मेरो ध्यान छ । अवको केहि महिनाभित्रै नगरपालिकाको कार्यसम्पादनलाइ सिस्टममा हिँडाउने मेरो उद्देश्य छ ।