कर्णालीमा १६२ जनाको परिक्षण गर्दा ३७ संक्रमित थपिए


 

सुर्खेत ।
पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमित ३७ जना थपिएका छन् । पछिल्लो २४ घन्टामा सुर्खेत, जुम्ला र दैलेख स्थित प्रयोगशालाबाट गरिएको१६२ जनाको आरटि-पिसिआर परीक्षणमा थप ३७ संक्रमित थपिएका हुन् ।

हालसम्म कर्णाली प्रदेशमा जम्मा आरटि-पिसिआर परीक्षण गर्नेको संख्या ८९,३५४ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदशले जनाएको छ l हालसम्म कर्णाली प्रदेशमा कोभिड-१९ पुष्टि भएका संक्रमितहरुको जम्मा संख्या छ हजार एक सय सत्तरी जना रहेको छ l
पछिल्लो २४ घन्टामा मुगुका ३, जुम्लाका १, दैलेखका ५, सुर्खेतका २४, सल्यानका १ र अन्य प्रदेशका ३ जना संक्रमित थपिएका हुन् ।

डिस्चार्ज: पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणबाट निको ३२ जना डिस्चार्ज भएबा छन् । योसंगै कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ५५२५ (पाँच हजार पाँच सय पच्चीस) जना पुगेको छ l

हालसम्म कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको जम्मा संख्या १६ (सोह्र) जना रहेको छ ।