जब निलिमाले आफ्नै बाबाले लेखेको गित गाइन !


काठमाडौं । मिस युनिभर्स नेपालको प्रतियोगिताको लागी अहिले इच्छुकहरु सामाजिक संजालमा सहयोग मागिरहेका छन् । मिस युनिभर्स नेपाल नामको एप मार्फत उक्त प्रतियोगिता भैरहेको छ ।
मिस युनिभर्स नेपालमा भाग लिन भोलिसम्मका लागी आवेदन खुल्ला राखिएको छ । प्रतिस्पर्धीहरुले आफ्नो आकर्ष भिडियोहरु अपलोड गरिरहेका छन् । विभिन्न घटनाहरुमा आधारित भएर प्रतिस्पर्धीहरुले भिडियो बनाइरहेका छन् ।
एकजना प्रतिस्पर्धी डा.निलिमा श्रेष्ठले आफूलाई प्रमुख प्रतिस्पर्धीको रूपमा उभ्याएकी छिन् । उनले रारा तालदेखी दैलेखको ऐतिहासिक पन्चदेवल सम्मको भिडियोहरु राखेकी छन् । भर्खरै भारत बाट एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएकी निलिमा श्रेष्ठले बाल्यकाल देखि नृत्य र संगीतमा रुचि राख्ने गर्थिन ।
उनले राखेको भिडियोमा आफ्नै बुवाले लेखेको गित गाएकी छिन् । बुवाले आफ्नैले लेखेको गित छोरीले गाएको देखेर हर्षित भएका छन् । एप डाउनलोड गरेर आफ्ना भिडियो लाइक गर्न निलिमाले अपिल गरेकी छिन् ।
भिडियो लिन्क :