कुमार रेग्मीको आधुनिक गीत ‘मैले माया गर्दा’


सुर्खेत । दैलेखी युवा कुमार रेग्मीको आधुनिक गीत ‘मैले माया गर्दा’ सार्वजनिक हुने तयारीमा छ । रेग्मीकै शब्द तथा भाषा रहेको सो गीतमा प्रमोद खरेलकोको स्वर रहेको छ ।

सुसेली डिजिटलको युट्युब मार्फत मार्फत सार्वजनिक गरिने उक्त एलबममा १० वटा गीत रहेका छन् । दैलेख नारायण नगरपालिका ६ मा जन्मिएका रेग्मी पेशाले सरकारी कर्मचारी हुन् । गीत संगीतमा सानैदेखि रूची राख्ने रेग्मीको यो पहिलो गीति एल्बम हो ।

उक्त गीतमा म्युजिक एरेन्ज पूर्ण सम्योगको र म्युजिक कमल शर्माको रहेको छ । उक्त गीत तिहारपछि सार्वजनिक हुने गीतकार रेग्मी बताउँछन् ।