जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
कालीकोटमा ८९ हजार रुपैयाँसहित ११ जुवाडे पक्राउ परेका छन् । जिल्लामा ११ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खाडाचक्र नगरपालिका–१ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा गएराति जुवा खेलिरहेको समयमा ११ जना जुवाडेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय कालिकोटका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
जुवाडेको साथबाट नगद ८९ हजार रुपैयाँ बरामद गरिएको उनले बताए । सबै जना अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। शिलापत्र
