नेपाल स्वयंसेवक संघ कर्णाली प्रदेशका पदाधिकारी चयन, अध्यक्षमा खत्री


सुर्खेत  । नेपाल स्वयंसेवक संघ कर्णाली प्रदेशको अध्यक्षमा दिनेश खत्री चयन भएका छन ।
सोमबार स्वयंसेवक संघकका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले नेपाल स्वयंसेवक संघ कर्णाली प्रदेशको अध्यक्षमा दिनेश खत्री चयन भएको बताए ।

यस्तै पौडेलका अनुसार उपा-अध्यक्षमा अकलबहादुर सिजापती र भावना शर्मा, महा-सचिवमा रमेशकुमार सिजापती, सचिवमा दिपक सिंह ठकुरी, सह-सचिवमा गोकणर् शर्मा रिजाल, कोषा-अध्यक्षमा भगवती बिसी, सह-कोषाध्यक्षमा बिपिन बराल चयन भएका छन् ।

यस्तै सदस्यमा मुक्ति बुढा, दिनेश कुमार बुढा, सुनिता चौलागाइ, जिवराज आचार्य, अनुप बुढाथोकी, कुमारी भुषाल, सावित्री बुढा, सरदप्रसाद रोकाया र मानबहादुर परियार चयन भएका छन् ।

नेपालीरैबारबाट