सुर्खेत सिटी बसपार्क आजदेखी सञ्चालनमा आउने


वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण कार्य थालिएको ९ वर्षपछि सञ्चालनमा आउने भएको छ । अदालतसम्म पुगेको विवाद सुल्झिएपछि मंगलबार आजदेखी देखि बसपार्क सञ्चालनमा आउने भएको हो ।

२०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो । तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न नसकेपछि २०७२ माघदेखि निर्माणकार्य अघि बढेको थियो ।

६ करोड ८२ लाख ७५ हजार ८७९ रुपैयाँमा सिटी बसपार्क निर्माण सम्झौता भएपनि पछि मूल्य समायोजनसहित ७ करोड ४४ लाख रुपैयाँ लागेको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जानकारी दिए ।