सार्वजनिक खरिद प्रक्रिया तथा खरिद व्यवस्थापन तालिम सम्पन्न


सुर्खेत । कर्णाली प्रदेशका सवै मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुका लागितीनदिने सार्वजनिक खरिद प्रक्रिया तथा खरिद व्यवस्थापन सम्बन्धि तालिम कर्णाली प्रदेश सुशासन केन्दको सभाहल सुर्खेतमा सम्पन्न भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सुशासन केन्द्र कर्णालीको आयोजनामा सञ्चालन भएको उक्त तालिमको उदघाटन कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले गर्नु भएको हो ।
मंसीर १० गते देखि १२ गते सम्म सञ्चालित सो तालिमको उदघाटन तथा समापन सत्रको अध्यक्षता प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रदेश कार्यक्रम निर्देशक आनन्द सारुले गर्नु भएको थियो ।

उदघाटन सत्रमा आफनो मन्तब्यको क्रममा प्रमुख अथिति श्रेष्ठले यस तालिमको सञ्चालन पश्चातप्रदेश मन्त्रालयको सेवाप्रवाह र सार्वजनिक खरिद प्रक्रिया थपब्यवस्थित हुने विश्वास ब्यक्त गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा प्रदेश कार्यक्रम निर्देशक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद अन्तर्गत शासकिय सुधार महाशाखाका सचिव आनन्द सारुले तालिममा सिकेका कुराहरु ब्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

प्रदेशका विभिन्न मन्त्रालय र निर्देशनालयका गरी जम्मा ३० जनाको सहभागिता रहेको सो तालिममा प्रधानमन्त्री तथा मन्त्रिपषिदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयका आई.टी कल्सल्टयान्ट सिकेन्द्र झा , मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लेखा अधिकृत युवराज न्यौपाने र सर्वदल शाही , प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत लोक प्रसाद पौडेल र मानव संसाधन केन्द्रका लेखा अधिकृत मिलन शर्माले प्रशिक्षण दिनु भएको थियो ।