भेरिगंगा नगरपालिकाका २ एम्बुलेन्स ऐनविपरित संचालन्


ठसुर्खेतको भेरीगंगा नगरपालिकाका दुर्इवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो।
दुर्इवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका छन।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्लेट लिनुपर्ने हुन्छ।
तर नगरपालिकाका दुर्इवटा एम्बुलेन्स भने अहिले निर्बाधरुपमा विभिन्न रुटमा आवातजावत गरिरहेका छन्।
एम्बुलेन्स अहिले छिन्चुदेखी बीरेन्द्रनगर, नेपालगंज हुदै काठमान्डौ सम्म विरामी लिएर आवातजावत गर्ने गरेका छन।
एम्बुलेन्सले रोड परमिट, दुर्घटना विमा लगायतका कानुनी प्रक्रिया नपुर्याइ खुल्मखुल्ला विरामी ओसार पसार गरिरहेका हुन्।
जसको कारण यस्ता एम्बुलेन्समा सवारको दुर्घटना भएमा विमा, उपचार खर्च लगायतका सुविधाबाट बन्चित हुन्छन्।
यातायातका साधन नियमसंगत भए वा नभएको नियमन गर्ने निकाय ट्रफिक प्रहरी समेत मुकदर्शक बनेको छ।
यद्यपी ट्राफिक प्रहरी यी रुटमाहरु २४ सै घण्टा ड्यिुटि निर्वाह गरिरहेका हुन्छन्।
नियम विपरित निर्वाध रुपमा चलिरहेका यस्ता यातायातका साधनहरुलाई कारबाहीको दायरामा ल्याई कानून पालना गराउन नसक्नु ट्राफिक प्रहरीको काम, कर्तव्य तथा कार्यक्षमता माथि आशंका पैदा भएको छ।
यस्तै सुर्खेतमा सञ्चालित यस्ता प्रकृतिका अन्य यातायातका साधनहरु (टिप्पर, जीप, भ्यान) कानुनविपरित निर्वाध रुपमा चलिरहेका छन्।
तर नियमनकारी निकायको मौनता देखिएको छ।