हुम्लाको सिमकोट विमानस्थलमा आगलागी, पानी जम्दा आगो नियन्त्रणमा लिन समस्या


हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ ।

केहिबेरअघि अचानक विमानस्थल प्रमुख बस्ने क्वाटर्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिए ।

आगोको लप्का विमानस्थल प्रमुखको क्वाटर्रको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा थाहा भएको सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको पहलमा आगो निभाउने काम भइरहेको छ ।

अत्याधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा ल्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।