गमगढी बजार क्षेत्रमा सवारीसाधन जथाभावी पार्किङ गरे कारबाही हुने


 मुगु सदरमुकाम गमगढीको बजार क्षेत्रमा पुस १ गतेदेखि सवारीसाधन जथाभावी पार्किङ गर्न नपाइने भएको छ।

छायाँनाथ रारा नगरपालिका र जिल्लाका सरोकारवाला निकायको निर्णयले बजार व्यवस्थापन र फाहोर मैला व्यवस्थापनका विषयममा छलफल गरी पुस १ गतेबाट बजार क्षेत्रमा सवारीसाधन जथाभावी पार्किङ गर्न नपाइने निर्णय गरिएको हो।

बजार क्षेत्र दुर्गन्धित भइ आवतजावतमा समस्या भएपछि छायाँनाथ रारा नगरपालिका र सर्वपक्षिय सरोकारवालाको बैठकले बजारमा जथाभाबी पाकिङ गर्न नपाइने र सवारीसाधन निमार्णधिन बसपार्कमा पार्किङ गर्नुपर्ने निर्णय भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंङ्ग शाहीले बताए।

सडक हिलाम्य हुँदा सडकमा जाम हुने तथा हिँड्डुलमा पनि समस्या हुने गरेकाले नगरपालिकाले बाध्य भएर बजार व्यवस्थापनका लागि लागि यस्तो निर्णय गर्नुपरेको नगरप्रमुख शाहीले बताए।

बजार क्षेत्रलाई सुन्दर बनाउन सरोकारवाला निकायको छलफलपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगर प्रमुख शाहीले बताए। सवारी साधन बसपार्कमा मात्र पार्किङ गरिने र अन्य सार्वजानिक स्थानमा पार्किङ गराएमा कारवाही गरिने शाहीले जानकारी दिए।