प्रदेश सरकारका सचिवालयमा कार्यरत कर्मचारीहरुका लागि तालिम


सुर्खेत : कर्णाली प्रदेश सरकारका सचिवालयमा कार्यरत कर्मचारीहरुका लागि शिष्टाचार र सचिवालय ब्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सुशासन केन्द्र, कर्णालीको आयोजनामा सञ्चालन भएको उक्त तालिमको उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री नरेश भण्डारीले ब्यानर पढेर गर्नु भएको थियो ।

मंसीर २३ गते देखि २४ गते सम्म सञ्चालित सो तालिमको उद्घाटन र समापन सत्रको अध्यक्षता सो केन्द्रका कार्यकारी निर्देशक  केशवप्रसाद उपाध्यायले गर्नु भएको थियो ।

उदघाटन सत्रमा आफनो मन्तब्यको क्रममा प्रमुख अथिती मन्त्री भण्डारीले यस तालिमको सञ्चालन पश्चात् प्रदेश मन्त्रालयको तालिममा सिकेका कुरा ब्यवहारमा लागु हुने क्रममा विशेष गरि सचिवालयका कर्मचारीहरुले थप जिम्मेवारी र समय ब्यवस्थापनमा हुने विश्वास ब्यक्त गर्नुभएको थियो ।

 

तालिमको समापन कार्यक्रममा प्रदेश कार्यक्रम निर्देशक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद अन्तर्गत शासकिय सुधार महाशाखाका सचिव  आनन्द सारुले तालिममा सिकेका कुराहरु ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने र दिगे विकासका लागि प्रणालीगत प्रक्रीया संस्थागत गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

यस प्रदेशका सबै मन्त्रालयहरु लगायत प्रदेश सभा र प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरु सहभागी हुने गरी जम्मा २५ जनाको सहभागिता रहेको सो तालिमको प्रमुख प्रशिक्षण नेपाल सकारका उप–सचिव तथा नेपाल पर्यटन तथा होटेल ब्यवस्थापनका कार्यकारी निर्देशक  दिपक थापाले दिनु भएको थियो भने लैगिंक समानता तथा सामाजिक समावेशिकरण सवालमा कार्यक्रम विषयगत विज्ञ गोपाल विराजीले सहजीकरण गर्नु भएको थियो ।

यस कार्यक्रमका  स्वागत मन्तब्य र तालिमको उदेश्यका बारे कार्यक्रमका स्थानीय शासन विज्ञ शिल्पा कँवरले प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संचालन टीम लिडर हाँसा मल्लले  गर्नु भएको थियो ।