रवि जगत युवा सहकारी पुरस्कारको लागि १ लाखको अक्षयकोष स्थापना गर्ने मेयर सुवेदीको घोषणा


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले हरेक रवि जगत युवा सहकारी पुरुस्कारको लागि अक्षयकोष स्थापना गर्ने बताउनुभएको छ । शनिवार विरेन्द्रनगरस्थित जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर सुवेदीले यस्तो बताउनुभउको हो ।
उहाँले आफ्ना बुवा रविलालाल सुवेदी र आमा जगतकुमारी सुवेदीको नाममा जलेश्वर बहुउद्देश्यिय सहकारी संस्थामा व्यक्तिगत रुपमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताउनुभयो । साथै अक्षयकोषबाट हरेक वर्ष युवा उद्यमहिरुलाई पुरस्कृत तथा सम्मान गरिने उहाँको भनाई थियो ।
मेयर सुवेदीले अक्षयकोष र पुरुस्कारका लागि सहकारी संस्थाको कार्यसमितिले कार्यविधि निर्माण गरी सोहीअनुसार गर्नसमेत आग्रह गर्नुभयो ।