जलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न


सुर्खेत । वीरेन्द्रनगरस्थित जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कोभिड–१९ को कारण सामाजिक दुरी कायम गर्दै गएको मंसिर २१ गते सुरु भएको साधारणसभा आज (मंसिर २७ गते) सम्पन्न भएको हो ।
२०६३ फागुन ३० गते स्थापना भएको सहकारी संस्थाको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका वडा नं. १, २, ३, ९, १० र ११ रहेको संस्थाका प्रवन्धक कमल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा ५१४ जना महिला र ४०५ जना पुरुष गरी ९१४ जना शेयर सदस्य रहेका छन् । संसथाको कुल सेयर पुँजी १ करोड ६७ लाख ६६ हजार र कुल वासलात १३ करोड ३ हजार ५ सय ४१ रुपैयाँ ७६ पैसा रहेको सुवेदीले बताउनुभयो ।
सहकारीले शेयरधनिहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्दै आइरहेको छ । साथै समुदाय तथा आफ्ना सयर सदस्यहरुका सन्तानलाई सर्वसुलभ शुल्कमा अध्यापन गराउने उद्देश्यले सहकारीले विद्यालय पनि संचालन गर्दै आइरहेको संसथाका नवनिर्वाचित सचिव उपेन्द्रकुमार सुवेदीले बताउनुभयो ।
सहकारीले हरेक वर्ष सेयर सदस्य वा सदस्यका परिवारका सदस्यको मृत्यु भएमा किरिया खर्चस्वरुप १० हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ । साथै सुत्केरी सेयर सदस्यहरुलाई पोषण खर्चस्वरुप ४ हजार रुपैयाँ पनि प्रदान गर्दै आएको छ ।

११ जना सम्मानित
सहकारीले १४औं वार्षिक साधारणसभाको अवसरमा ११ जना शेयर सदस्य तथा बचतकर्ताहरुलाइ पुरस्कृत गरेको छ । हालसम्मका सर्वाधिक शेयर खरिदकर्तामा मदनदेव भारतती, गत आ.व.का सर्वाधिक शेयर खरिदकर्ता नरेन्द्रबहादुर कार्कि, हालसम्मका सर्वाधिक मासिक बचतकर्ता स्व. जनकदेव भारती, गत आ.वका सर्वाधिक मासिक वचतकर्ता मदनदेव भारती सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा सर्वाधिक स्वचिछक बचतकर्ता गंगाराम कंडेल, हालसम्मका सर्वाधिक वाल बचतकर्ता प्राची भारती, गत आ.व. मा सर्वाधिक वाल बचतकर्ता यमन कार्कि, सर्वाधिक गृहणी बचतकर्ता, गत आ.वमा सर्वाधिक गृहणी बचतकर्ता अन्जु भारती, सर्वाधिक मुद्दती वचतकर्ता कृष्णकुमारी सुवेदी र असल ऋणीको रुपमा गोमा भारती रहनुभएको छ ।

 

सहकारी संस्थाको साधारण सभाबाट कार्यसमिति अध्यक्षमा सुरेन्द्रकुमार पोखरेल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भिम राज भारती, सचिव उपेन्द्रकुमार सुवेदी, कोषध्यक्ष गोपाल जैशी पाण्डे र्विाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सुमित्रा भारती, सरस्वती सिंह ठकुरी, पुष्पा रौनियार, नरेन्द्र कार्कि र गंगाराम कंडेल निर्वाचित हुनुभएको छ । संस्थाको लेखा सुपरिवेक्षेण समितिको संयोजकमा चेतनकुमार सुवेदी तथा सदस्यहरुमा महेन्दबहादुर सिंह र ढण्डीराज गौतम निर्वाचित हुनुभएको छ ।

रवि जगत युवा सहकारी पुरस्कारको लागि १ लाखको अक्षयकोष स्थापना गर्ने मेयर सुवेदीको घोषणा

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले हरेक रवि जगत युवा सहकारी पुरुस्कारको लागि अक्षयकोष स्थापना गर्ने बताउनुभएको छ । शनिवार जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर सुवेदीले यस्तो बताउनुभउको हो ।
उहाँले आफ्ना बुवा रविलालाल सुवेदी र आमा जगतकुमारी सुवेदीको नाममा जलेश्वर बहुउद्देश्यिय सहकारी संस्थामा व्यक्तिगत रुपमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताउनुभयो । साथै अक्षयकोषबाट हरेक वर्ष युवा उद्यमहिरलाई सम्मान गरिने उहाँको भनाई थियो ।
मेयर सुवेदीले अक्षयकोष र पुरुस्कारका लागि सहकारी संस्थाको कार्यसमितिले कार्यविधि निर्माण गरी सोहीअनुसार गर्नसमेत आग्रह गर्नुभयो ।