किसानका बारीमा कृषिमन्त्री केसी


दैलेख । कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न सुरुवात गरेकी छन् । यसक्रममा उनले हालै नारायण नगरपालिका–३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गरिन् । सोही क्रममा वडा नम्बर ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गरिन् ।

किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह गरिन् । सो अवसरमा रासससँग कुरा गदै उनले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैंकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिइन् ।

न्यून आय भएका, जग्गाजमीन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको उनले बताइन् ।