पश्चिम दैलेखमा छाउप्रथा उस्तै, नारा केवल नारामै सिमित


भक्तबहादुर शाही

दैलेख । विगत केही बर्ष अगाडी पश्चिम दैलेखमा साविकको २५ गाविसलाई छाउपडी प्रथा मुक्त घोषणा गरियो ।त्यतिवेला महिला पनि स्वयं उपस्थिति भएर छाउ नबार्ने, घरमै बस्ने प्रतिवद्धता जनाए । केही एनजिओ र आईएनजिओले छाउपडी प्रथा उन्मुलन भएको देखाउन गरिएको घोषणा, घोषणामै सीमित रह्यो ।

महिला नछुने भएको बेला छाउ गोठमै बस्न थाले । गतबर्ष नेपाल सरकारले छाउप्रथा उन्मुलनको लागि धमाधम छाउगोठ भत्काउने अभियान ल्यायो । जल्ला प्रशासन,नेपाल प्रहरी, जिससका प्रतिनिधि, गैरसरकारी संस्था प्रतिनिधि र स्थानीय सरकारका जनप्रतिनिधिले गाउँगाउँमा गएर धमाधम छाउगोठ भत्काइयो ।

जिल्लाभर झण्डै १ हजार भन्दा बढी छाउगोठ भत्काईयो ।छाउगोठ भत्काएपनि कुसंस्कारको रुपमा रहेको मनभित्रको छाउगोठलाई भत्किएन । महिला महिनावारी भएको बेला ओडार,खेतवारीमा त्रिपाल हालेर रात कटाउन थाले । महिवारी भएको बेला महिलालाई झनै जोखिम बढदै गयो ।

जिल्लामा नछुने भएर छाउगोठमा बस्दा दुईजना किशोरको मृत्यु भइसकेको छ । जिल्लाको पुर्व गाउँपालिकामा महिनावारी भएको बेला घरमै बस्ने गरेपनि पश्चिमका गाउँपालिका र नगरपालिकामा महिला छाउ गोठमा बस्ने गरेका छन् । स्थानीय सरकारले छाउपडी प्रथा न्यूनिकरणका लागि बजेट विनियोजन गरेपनि कार्यान्वयन महिलालाई जानकारी नभएको ठाटीकाँध गाउँपालिका –२ की मनसरा विष्टले बताइन ।

गाउँ सभामा बजेट विनियोजन हुन्छ । छाउपडी प्रथा न्यूनिकरणका लागि तर , उक्त बजेट कहाँ खर्च हुन्छ थाहै हुन्न् । कसले खर्च गर्छ । कसरी खर्च हुन्छ । अहिलेसम्म गाउँपालिकामा कुनै पनि महिलालाई जानकारी छैन, विष्ट भनिन् । तर, गाउँपालिका उपाध्याक्ष एवं न्यायिक समितिकी संयोजक सुस्मिता सिंह भने विभिन्न सञ्चार माध्यममा गाउँपालिकामा छुईबार्ने काम हटेर गएको बताउँछिन् ।

उनले आफु स्थानीय तहको निर्वाचनको समयमा घर एरिया वाहीरबाट टाढैबाट नमन्ते गरेर भोट मागेको र आफु निर्वाचित भएको दुई बर्षमा छाउप्रथा कमि गरेको उनले दावी नै गर्छिन् । तर, छाउप्रथाको जरा उस्तै छ , कुनै कमि आउन सकिरहेको छैन् ।
बाहिर छुई हुँदा घरमै बस्छौं भने पनि गाउँभरिका सबै महिला नछुने भएको बेला अलग्गै छुट्टै बस्छन् । घरमा मात्र होइन, विद्यालयमासमेत छाउपडी प्रथा बार्ने गरिन्छ ।

तर गाउँपालिका स्थानीय महिला भने, उपाध्यक्ष नै सञ्चारमा माध्यममा झुठो कुरा बोलेर महिला झुक्याई रहेको आरोप लगाउँछन् ।
उहाँ गाउँपालिकामा त महिनाको चार पाँच दिन मात्र बस्नुहुन्छ । कहिले कार्यक्रम गरेर छुईनेरी पोषण खाने कुरा दिईन । यो सबै झुठो हो.

गाउँपालिका उपाध्याक्ष एवं न्यायिक समितिकी संयोजक सुस्मिता सिंह भने विभिन्न सञ्चार माध्यममा गाउँपालिकामा छुईबार्ने काम हटेर गएको बताउँछिन् ।उनले आफु स्थानीय तहको निर्वाचनको समयमा घर एरिया वाहीरबाट टाढैबाट नमन्ते गरेर भोट मागेको र आफु निर्वाचित भएको दुई बर्षमा छाउप्रथा कमि गरेको उनले दावी नै गर्छिन् । तर, छाउप्रथाको जरा उस्तै छ , कुनै कमि आउन सकिरहेको छैन् । बाहिर छुई हुँदा घरमै बस्छौं भने पनि गाउँभरिका सबै महिला नछुने भएको बेला अलग्गै छुट्टै बस्छन् । घरमा मात्र होइन, विद्यालयमासमेत छाउपडी प्रथा बार्ने गरिन्छ ।तर गाउँपालिका स्थानीय महिला भने, उपाध्यक्ष नै सञ्चारमा माध्यममा झुठो कुरा बोलेर महिला झुक्याई रहेको आरोप लगाउँछन् । उहाँ गाउँपालिकामा त महिनाको चार पाँच दिन मात्र बस्नुहुन्छ । कहिले कार्यक्रम गरेर छुईनेरी पोषण खाने कुरा दिईन । यो सबै झुठो हो

बरु छुईनेरीको नाममा उपाध्यक्ष कर्मचारी मिलेर छाउपडी प्रथा न्यूनिकरण रकम हिनामिना गरेको ठाटीकाँध –२ की लालसरा विकले आरोप लगाईन ।
मंसिर २५ गते ठाटीकाँध गाउँपालिका –५ मालिकामा माविमा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० दिन मानव अधिकार सुनिश्चित,गुणस्तरिय शिक्षा अन्तरक्रिया कार्याक्रममा आफुहरुले छाउपडी बार्ने गरेको विमला विकले खुलासा गरेकी थिईन ।
गाउँपालिका र वडाकार्यालय छुई बारे गाउँपालिका र वडाबाट पाउने सेवा सुविधा बन्द गराईदिने भनेपछि छुई बार्दैनौ त भन्छौं ।

तर नछुने भएको बेला छुटै छाउगोठ नभए पनि घरको मुनि वा गाई गोरु भैसी बाँध्ने एक छेउतिर बस्ने गछौं । छुई नबारिकन क्या अन्र्या, देवता रिसाउँछन । घरमा विसञ्चो हुन्छ । कोही विरामी पर्दा धामी झाँक्री छुईनेरी लसपस भयो, भन्छन । छुई बार्नै त प¥यो, उनले भनिन् ।
उनी मात्र होइनन सोही वडाका सबै महिलाले छुई बार्ने गरेको मालिकामा माविकी छात्रा सुमित्रा शाहीले बताईन ।

बाहिर छुई हुँदा घरमै बस्छौं भने पनि गाउँभरिका सबै महिला नछुने भएको बेला अलग्गै छुट्टै बस्छन् । घरमा मात्र होइन, विद्यालयमासमेत छाउपडी प्रथा बार्ने गरिन्छ ।नजिकै लाटा देवताको मन्दिर छ । तल्लो तलामा महिनावारी लागि उपयुक्त मानिएपनि माथिल्लो तलामा छात्रालाई जान बन्देज गरिएको छ,छात्राले खुलासा गरिन ।

गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह सोही वडाकी रैथाने बासिन्दा हन । गाउँपालिकाको वडानं ५ मात्र होइन । गाउँपालिकाभरि नै छाउपडी प्रथा कायमै रहेको स्थानीय बासिन्दा बताउँछन् । बाहिर छैन भनेर के गर्ने । गाउँपालिकाका सबै वडाभरि छाउपडी मान्छन् । छाउपडी मान्दैनौं भन्ने घरमा महिला नै छैनन होला । देवता जहाँ सम्म रहन्छन् । त्यहाँसम्म छाउ मान्ने परम्परा रहीरहने ठाटीकाँध गाउँपालिका –१ का खड्गे वडको भनाई छ ।

छाउपडी कम गर्नाका लागि स्थानीय सरकारले जनचेतना अभियान,धामि झाँक्री सँग बैठक जस्ता क्रियाकलाप काम गर्नुपर्छ । छाउ मान्नुहुदैन भन्दा सरसफाई गरेर सुरक्षित पोषणयुक्त खाने खानुपर्छ भनेर विस्तार छोडनु लगाउनुपर्छ । अनि मात्र सबैले सहयोग गर्छन,उनले थपे ।

तर शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल संयोजक एवं सामाजिक सेवा केन्द्र नेपाल सोसेक दैलेख कार्यक्रम सहायक निर्देशक दुर्गा गिरी गाउँपालिकाभरि नै छाउवार्ने चलन व्यापक रहेको बताइन । गाउँका शिक्षित परिवार देखी निम्न सबै परिवारमा छाउ बार्ने चलन छ ।
विद्यालयमा सेनेटरी प्याड गएपनि छात्रा लजाउँछन् । माग्दैन सक्दैन । पिडा लुकाएर बसेका छन् ।

सका लागि गाउँपालिका समुदायस्तर देखी विद्यालयसम्म सेनेटरी प्याड र प्रयोगबारे जनचेतना फैलाउनुपर्छ । नत्र महिवारीका पिडा मनै रहने । सेनेटरी प्याड विद्यालयमा थन्काईनुपर्ने अवस्था नआउला भन्न सक्दिैन ।गाउँपालिकाले त छाउप्रथा सम्बन्धि कुनै क्रियाकलाप नगर्नुले गाउँपालिकाका जनप्रतिनिधीले समस्या होइन भनेर कुसंस्कारलाई सामान्य तरिकाले लिएका छन, गिरीले आक्रोश पोखिन । कुसंस्कारलाई स्थानीय सरकारले नै वेवास्ता गर्नु अपराध नै हो ।

महिनावारी मर्यादित बनाउन गाउँपालिका आफै लागेपछि सहयोगीका हातहरु जुटिहाल्छन, उनले थपिन ।अचम्मको कुरा त के छ भन्दा महिलाहरु महिनावारी हुँदा उनीहरुले सुख्खा रोटी बाहेक अरु खाना दिईदैन् ,’पश्चिम दैलेखमा । भात खाएपछि लसपस हुन्छ, घरमा सर्प आउँछ । यतिमात्रै हैन्, भैँसिले दुध दिएन् भने पनि छुईमुसो भयो भनेर महिलामाथि आरोप लगाउने गरिन्छ ।

छाउप्रथा सँगै सुत्केरीलाई पनि सोही दृष्टिकोणले हेर्न गरिन्छ । अहिलेको पढे–लेखेका महिलाहरुमा केही परिर्वतन आएता पनि अधिकाँश महिलाहरुलाई घरमा बस्न दिईदैन् । दुल्लुखबरबाट