प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम पिनद्वारा स्वागत


सुर्खेत । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) ले स्वागत गरेको छ । पिनले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई काम गर्न नदिएको र चौतर्फी घेराबन्दीमा पारेपछि ल्याइएको उक्त कदम स्वागतयोग्य रहेको उल्लेख गरेको हो ।

‘दुई तिहाई बहुमतको सरकारबाट अत्यधिक जनअपेक्षा रहेको र जनभावनाअनुसार पूरा दिन लागिरहेको अवस्थामा निरन्तर असहयोग तथा घेराबन्दीपछि ताजा जनादेशमा जाने कदम चालिएको हाम्रो बुझाई छ,’ पिनका सचिव टिकाराम पोख्रेलद्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ, ‘पार्टी एकताका बाँकी प्रक्रिया पूरा गर्ने, महाधिवेशन तयारी गरी पार्टीलाई एक ढिक्का बनाउनुपर्ने अवस्थामा आफ्ना अध्यक्ष विरुद्ध लाग्ने, विरोधका लागि विरोध गरिरहने, भागवण्डामा मात्र केन्द्रित हुने प्रवृत्तिका कारण यो अवस्था सिर्जना भएको हो, खुसी र समृघ नेपाल निर्माणका लागि जनतामा ताजा जनादेशका लागि जाने निर्णय पिन कर्णाली हार्दिक स्वागत गर्दछ ।’

साथै, पिनको निर्वाचनमा चैत्र महिनामा तोकिएकोले सदस्यता नविकरण, नयाँ सदस्यता वितरण लगायतका संगठनमा सार्थीहरुलाई एकवद्ध बनाइ अघि बढ्नु अवस्थामा पद ओगट्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढ्दै जानु गलत भएको पोख्रेलले बताए ।

पिन निर्वाचनको लागि सम्पूर्ण कर्णाली प्रदेशका जिल्ला कमिटीहरुलाई सदस्यता विस्तार र नविकरणका कार्यमा लाग्न सचिव पोख्रेरलले निर्देशन दिएका छन् । नेपालीरैबारबाट