रेग्मीको ‘मैले माया गर्दा’बजारमा


 

लोकेन्द्र जिसि(कुमार) दैलेख । ‘मैले माया गर्दा’ आधुनिक गीत बजारमा आएको छ । नारायण नगरपालिका–६, का कुमार रेग्मीले उक्त गीत बजारमा ल्याएका हुन् ।

मैले माया गर्द बाेलकाे आधुनिक गीतका सर्जक तथा रचनाकार कुमार रेग्मी हुन भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिएका छन् । पूर्ण संयोगले भर्नुभएको संगीतमा एउटा प्रेमिकाले प्रेमीलाई साँचो मायाभन्दा पनि धन पैसामा जोड दिएपछिको पीडाको अनुभूतिको मार्मिक ढंगले समेटिएको छ । पेसाले स्कुले जीवनदेखिनै कथा कविता गीत लेख्न र रेडियो नेपालमा पठाउने गरेको रेग्मीले बताए ।

‘माया गर्दा बोलको गीत सबैको मन मुटुमा बस्न सफल हुनेछ भन्नेमा विश्वस्थ छु,’ उनले भने । उक्त गीतको म्युजिक भिडियो लोक गीत क्षेत्रमा चर्चित भिडियोका निर्देशक कपिल लामाले गरेका छन् । मोडेल स्वेता, देवेन्द्र, कमल कुमारको अभिनय रहेको उक्त म्युजिक भिडियोको छायांकन दुर्गा प्रधानले गरेका छन् ।