अध्यक्ष थानीलाई सुर्खेतमा स्वागत


वीरेन्द्रनगर । नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोशियसन नेपालका केन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीलाई स्वागत गरिएको छ । नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोशियसन कर्णाली प्रदेशले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष थानीलाई स्वागत गरेको हो l
थानी पुस ४ गते भएको चुनावबाट नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोशियसनको अध्यक्षमा निर्वाचित भएका थिए । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थानीले पेसागत अधिकारका लागि आफू लाग्ने बताए । ‘पेसागत हक, हितका लागि म लाग्नेछु,’ उनले भने, ‘यसमा सबै तहतप्काबाट सहयोग हुनेछ ।’ आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै उनले नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोशियसनलाई नयाँ ढंगले लिने बताए ।