सिम्ता गाउँपालिकाले असार मसान्तसम्म कोभिड प्रतिकार्यमा ७६ लाख खर्च गर्याे



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले २०७७ असार मसान्त सम्म कोभिड – १९ मा गरेको खर्च र आम्दानीको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले २०७७ असार मसान्तसम्म कोभिड १९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यमा ७६ लाख ५७ हजार ६ सय २५ रुपैयाँ खर्च गरेको हो । एकाउन्टिबिलिटि ल्याबले सार्वजानिक गरेको बुलेटनमा उल्लेख भएअनुसार गाउँपालिकालाई कोभिड प्रतिकार्यको लागि विभिन्न संघसंस्था, प्रदेश सरकार र संघिय सरकारबाट जम्मा १ करोड ३४ लाख ५२ हजार ५ सय ९१ रुपैयाँ प्राप्त भएको थियो ।
गाउँपालिकाले खाना तथा खाजामा १३ लाख, भौतिक संरचना निर्माणमा ४ लाख ११ हजार, स्वास्थ्य उपकरण खरिदमा २६ लाख ५१ हजार र औषधि दरिदमा ३२ लाख ७२ हजार खर्च गरेको उक्त बुलेटिनमा उल्लेख छ ।